ऐतराज केरुङ स्मृति गजल पुरस्कार बन्जारालाई
यसवर्षको स्व. ऐतराज केरुङ स्मृति गजल पुरस्कार यसपटक झापाका स्रष्टा लोकेन्द्र बन्जाराले पाएका छन् । मोती जयन्तीको अवसर पारेर पाँचथर गजल मञ्चमार्फत वितरण हुँदै आएको उक्त पुरस्कार बिहीबार फिदिममा आयोजित समारोहमा उनलाई दिइएको हो ।कार्यक्रमका अतिथि डा.रमेश शुभेच्छुक,पाँचथर गजल मञ्चका सस्थापक मधुराज केरुङ र अध्यक्ष सन्देश सुब्बालगायतले बन्जारालाई दोसल्ला र कदर पत्रसहित पुरस्कृत हस्तान्तरण गरे । पुरस्कार ८ हजार ८ सय ८८ रुपैयाँ राशिसहितको हो ।
बन्जाराका गजल संग्रह 'आँखाभरी सपना,' 'जैतुन' र 'पलक' प्रकाशित छन् । पाँचथर गजल मञ्चका संस्थापक अध्यक्ष मधुराज र उनका दाजु सागर केरुङले दिवंगत पिताका नाममा पुरस्कार स्थापना गरेका हुन् । पुरस्कार ७ वर्षदेखि वितरण गरिँदै आएको छ ।
समारोहमा 'अधिकारी विमलाका गजलहरु' कृति विमोचनसँगै एनवी अञ्जानको 'मौसम' गजल संग्रहको चर्चा पनि गरिएको थियो ।
समारोहमा गरिएको गजल वाचनमा दुई दर्जनले विभिन्न रचना सुनाएका थिए । (साभार)
असभ्यताका भेलहरुले सभ्यताको बाँध टुट्नु हुँदैन.....
असभ्यताका भेलहरुले सभ्यताका बाँध टुट्नु हुँदैन मित्र विरोधका स्वरहरुले विधिको स्वर मिच्नु हुँदैन मित्र आभावको भुँमरीमा पनि सद्भावको
एउटा असजिलो आदत – मुनराज शेर्मा
एउटा असजिलो आदत म त दुखको महाजङ्गलबाट उठि आएको हो साथी म कुनै सुखको बाँसुरिको धुन होइन जो रिदममा शब्दहरु गीत बनेर बजोस् मलाई तिम्रो साथको धुन नबज्दा
बाँचौला प्रेमको गीत गाएर–मुनाराज शेर्मा (कविता)
घामको धागोले बुनौँला हाम्रो प्रितिको बैँस बाँच्नेछ हाम्रो प्रेमको पृथ्वी कतै नउध्री सग्लो जुनिको मायालु सिउनिहरु जसमा जडौँला घामकै उज्यालो जो





प्रतिकृया दिनुहोस