प्रविधिमैत्री शिक्षाको आवश्यकता
कुनै पनि प्रविधिको प्रयोग गरी दिइने वा हाँसिल गरिने शिक्षा प्रविधिमैत्री शिक्षा हो । कुनै पनि देशको शिक्षा नीतिले आफ्नो देशको राष्ट्रिय प्राथामिकताहरुलाई सम्बोधन गरेको हुन्छ । जुनसुकै देशको सुशाशन, संमृद्धि र दिगो विकासमा शिक्षाको महत्वपूर्ण भुमिका रहन्छ । शैक्षिक नीतिको स्पष्ट परिभाषा नभएता पनि शैक्षिक नीति सरकारले शिक्षा क्षेत्रमा के कस्ता कार्यहरू गर्ने भनी तयार पारिएको दस्तावेज नै शैक्षिक नीति हो भन्न सकिन्छ ।
सामान्यतयः शिक्षाको अर्थ ज्ञानआर्जन गर्नु वा सिक्नु भन्ने हुन्छ । मानिसलाई सर्वश्रेष्ठ बनाउने काम शिक्षाले गरेको हुन्छ । विश्वप्रशिद्ध लेखक हर्वट स्पेन्सर भन्छन् “मानिसले पूर्ण जीवन व्यतित गर्नका लागि तयार गर्नु नै शिक्षाको महत्वपूर्ण कार्य हो ।” नेपाल विभिन्न जाति, भाषी तथा विभिन्न सम्प्रदायका मानिसहरु बसेको साझा थलो हो । हरेक स्थानिय तहले, त्यस क्षेत्रका शैक्षिक आवश्यकताहरुको बारेमा छलफल गरेर शैक्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने हुन्छ । नेपालको संबिधान २०७२ को अनुसुचि ८ मा विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहेको उल्लेख गरिएको छ
नेपालमा २०७६ सालको अन्त्यदेखि कोरोनाको लहर चल्यो, जसको कारण शैक्षिक क्षेत्रमा निक्कै नकारात्मक असर पारेकोे थियो । हाम्रो देशमा ११ वटा विश्वविद्यालयहरू बन्द भए अनि पैतिस हजार भन्दा बढी विद्यालयहरु बन्द भएका थिए, जसको कारण शिक्षण सिकाइ क्रियाकलापमा ठूलो असर परेको थियो । हाम्रो देशको अधिकांश विद्यालय प्रविधिको पहुँच भन्दा बाहिर छन्, फेरि भोलिको दिनमा यस्ता माहामारीहरु नआउलान् भन्न सकिदैन । त्यसैले अबको शिक्षालाई प्रबिधिमैत्रि बनाउनुपर्छ । हरेक स्थानिय तहलाई शिक्षा प्रविधिसँग जोड्ने विषयमा छलफल गर्नुपर्छ ।
हाल केहि विश्वविद्यालय र नीजि संस्थाहरूले अनलाइन शिक्षा संचालन गरेका छन् तर गुणस्तरिय प्रविधि नहुँदा अनलाइन शिक्षा त्यति प्रभावकारी भएन । यसबाट पनि एउटा प्रश्न खडा भएको छ, प्रविधिलाई कसरी शिक्षासँग जोड्ने ?
नेपालका शैक्षिक नीति निर्माणका आधारहरू अनौपचारिक शिक्षा नीति, प्राविधिक तथा व्यवसायिक शिक्षा नीति, अपाङ्गता भएका विद्यार्थीका लागि समावेशि शिक्षा नीतिहरु हुन् । य िनीति तथा यसका प्रयासहरुलाई आधार मानि शैक्षिक नीति समयानुकुल परिवर्तन गर्नुपर्ने देखिन्छ ।
प्रविधिमैत्रि शिक्षाको विकास गर्न पूर्वाधारको उचित व्यवस्था गर्नुपर्ने देखिन्छ । पूर्वाधारको अभावमा अनलाइन कक्षाको कल्पना पनि गर्न सकिदैन । आवश्यक पूर्वाधारको विकास गरी शिक्षक तथा विद्यार्थीलाई प्रविधिमैत्री बनाउनु पर्छ । इन्टरनेट, रेडियो, टिभि, मोबाइल, ल्यापटप, कम्प्युटर लाई सबैको पहुँचमा जोड्नुपर्छ । अनलाइन शिक्षाको मोेडेल अनुसार सामग्री तयार गरी व्यवस्थित तवरले शिक्षण सिकाइ सञ्चालन गरिएको खण्डमा शिक्षालाई प्रविधिमैत्री बनाउन सकिन्छ ।
शिक्षामा प्रविधिको प्रयोग गरी नीजि विद्यालय र सरकारी विद्यालयबीचको शैक्षिक गुणस्तरको खाडल कम गर्नुपर्ने देखिन्छ । अनि सहरी विद्यालय र ग्रामिण विद्यालय वीचको गुणस्तरको पनि समायोजन गर्न सकिन्छ । सूचना र प्रविधियुक्त विद्यालयमा अध्ययन अध्यापनको सीमा फराकिलो हुन्छ, जसको कारण विश्वको ज्ञान लगायत अन्य आवश्यकीय ज्ञान तथा सीपहरू हाँसिलको सुनिश्चितता हुन्छ । अनलाइन शिक्षालाई व्यापक बनाउनु पर्छ किनकि, अनलाईन शिक्षाबाट विद्यार्थीले फूर्सदको समयमा सिक्ने अनि आफूलाई मनपर्ने विषयको ज्ञान हाँसिल गर्ने अवसर मिल्छ । साथै शिक्षकहरुले विषयवस्तुलाई पृथक तथा रचनात्मक तरिकाले प्रस्तुत गर्न सक्छन्, जसको कारण गुणस्तर पनि सहजै उस्कन सक्छ । यसरी यस प्रविधिलाई शैक्षिक कार्यक्रममा सन्चालन गर्न आवश्यक पूर्वाधारको विकास गर्नुपर्छ । जस्तै ः इन्टरनेट, बिजुली, साथै कम्प्युटर शिक्षाको विशेष ज्ञान भएका शिक्षकहरूको व्यवस्था गर्नुपर्छ ।
हामी जस्ता विकासउन्मुख देशका नागरिकहरुमा पुरातनवादी बुर्जवा शिक्षा र पितृसत्तातमक सोच आदि जस्ता कारण प्राविधिक शिक्षामा पछि परिरहेका छौ । प्रबिधिमैत्री शिक्षा आजको टट्कारो आवश्यकता हो तर आजभोली यो परिपाटी ज्यादै महंगो हँुदै आएको छ । शिक्षामा देखिएको उदार पूँजीवादको कारण यसलाई सर्वसुलभ बनाउन सकिएको छैन, वर्तमान अवस्थमा प्रविधिमैत्रि शिक्षा भ्रष्टचारको अखडा बन्न पुगेका छन्, जसको कारण यो प्रविधि धेरै महङ्गो भई सर्वसाधारणलाई समावेश गर्न नसकिने भएको छ । नेपालमा यस शैक्षिक परिपाटीलाई निम्नवर्ग, मध्यमवर्ग तथा उच्च वर्ग सबैमा लागू गर्ने तर्फ सबैको ध्यान जानुपर्ने देखिन्छ ।
नेपालको शिक्षा प्रणाली सुधारोन्मुख त छ तर २००७ सालदेखि २०८० सालसम्म आइपुग्दा नेपालको शिक्षा क्षेत्रमा अनेकौं नीतिगत तथा संस्थागत सुधारका प्रयासहरू भएका छन् । यति हुँदाहँुदै पनि विद्यालय तहदेखि उच्च तहसम्म प्रविधिमैत्रि शैक्षिक वातावरणको संस्थागत विकासमा भने ध्यान गएको छैन ।
नेपालमा डिजिटल प्रविधिमा आधारित पठनपाठनलाई प्रोत्साहन गर्न राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३, प्रति विद्यार्थी एक ल्यापटप अवधारणा २०६५, विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धि निर्देशिका २०६९ मार्फत कार्यक्रमहरू संचालन हँुदै आएका छन् । सूचना तथा सञ्चार प्रविधिको गुरुयोजना सन् २०१३ देखि २०१७ ले सबै विद्यालयमा सूचना तथा प्रविधिको सुनिश्चित गर्ने लक्ष्य राखेको थियो । यसरी हरेक समयमा प्रविधिमैत्री शिक्षाको कुरा नीति तथा कार्यक्रममा समावेश गरिएता पनि यसको रिजल्ट सन्तोषजनक नभएको कुरामा दुईमत छैन । यसरी शिक्षालाई प्रविधिमैत्रि बनाउनु आजको टट्कारो आवश्यकता हो । राज्य स्तरबाट र स्थानीय स्तरबाट अनि विद्यालय तहबाट यसलाई प्रभावकारी रूपमा शिक्षण सिकाइमा प्रयोगमा ल्याउनुपर्छ । हाम्रो देश नेपाल प्रकृतिको विशाल भण्डार हो, यसलाई प्रयोगमा ल्याउन प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ । प्राविधिक जनशक्ति उत्पादन गर्न शिक्षालाई प्रविधिमैत्री बनाइनु पर्छ । अहिले शिक्षण संस्था तथा विश्वविद्यालयहरू शैक्षिक बेरोजगार जनशक्ति उत्पादन गर्ने कारखानाको रूपमा देखा परेका छन् भने अर्कोतिर शिक्षण सिकाइमा विद्यालयहरूको अरुचि तथा अक्षमता पनि चुनौति बनेको छ । शिक्षकलाई प्रविधिमैत्री बनाएर शिक्षामा नयाँ मोडल ल्याइन पर्छ । सूचना र प्रविधिको तीव्र विकास भइरहेको आजको २१ औं शताब्दीमा तदानुकूलको शिक्षा प्रदान गर्ने राज्यको नीति तथा रणनीतिलाई प्राथामिकता दिनुपर्छ । तसर्थः पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका लगायत शिक्षामा नीति नियम, निर्देशन तत्काल सम्बन्धित विद्यालयमा पु¥याउने माध्यमको रूपमा इन्टरनेट सुविधाको व्यवस्था राज्यबाट गरिनु पर्छ ।
यसरी शैक्षिक पद्धतिलाई प्रविधिमैत्री बनाई समयसापेक्ष ज्ञान तथा सिपहरु दिएको खण्डमा मात्र सिकाइ अर्थपूर्ण तथा दीर्घकालीन हुन्छ । तव मात्र सवल अनि समृद्ध नेपालको कल्पना गर्न सकिन्छ ।
(लेखक खनाल सिद्धकाली आ.वि. थाक्ले
फिदिम न.पा.–४, पाँचथरका प्रधानाध्यापक हुनुहुन्छ)
झोले हुन पाँउ
आरुबोटे काका आत्तिदै मेरो घर आउनुभो । स्वाँ स्वाँ गर्दै निक्कै हतारिंदै कपाल कन्याउँदै भन्नुभो-लौ अन्तरे मेरो एउटा निवेदन लेखिदेउ । पाटीमा चढाउनु परो
यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन
पाँचथर । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा
हर्क साम्पाङ दाजुलाई वशन्त भाइको चिठ्ठी
आदरणीय दाजु, हर्क साम्पाङ ज्यु, साष्टाङ्ग डण्डवत । किराँती संस्कार अनुसार भाईले





प्रतिकृया दिनुहोस