सम्पादकीय: आधुनिक कृषि प्रणाली ब्यवस्थित गरौ
कष्टकर श्रम गरेर गरिने काम भन्दा मेसिनको प्रयोगबाट हुने सोही कामलाई सहज तवरबाट गर्ने प्रणाली आधुनिक प्रणाली हो । त्यसलाई कृषि क्षेत्रमा अवलम्बन गरिनु आधुनिक कृषि प्रणाली भित्र समावेस गरिएको छ ।
पाँचथरको मिक्लाजोङ गाउँपालिका–३ का यामबहादुर राईले ५ वर्षअघि हलगोरु पालेका थिए । भ्याएसम्म उनी आफँै जोत्थे । नभ्याए छिमेकीलाई गोरु दिएर दैनिकी चलाउने गर्थे । अहिले उनीसँग मिनिटिलर छ । मिनिटिलरको प्रयोग बढेपछि गाउँमा हलगोरु कम भएकोे छ ।
‘अहिले त गोरुको काम यसैले गर्छ । गोरु पाल्नै पो छोडियो,’ यामबहादुरले भने, ‘मिनिटिलर चलाएबापत प्रतिघन्टा ५ देखि ६ सय रुपैयाँ लिने गरेको छु । गोरुले दिनभरमा गर्ने काम यसले एकै घन्टामा गर्छ ।’
यामबहादुरले तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट दुई वर्षअघि अनुदानमा उक्त मिसिन लिएका हुन । कृषि कार्यालयले ५० प्रतिशत अनुदान दिएपछि ४० हजारमै उनले मिसिन हात पारे । अहिले छरछिमेकीका लागि पनि त्यसैबाट काम गरिदिने गछर्न । आम्दानी सन्तोषजनक रहेको उनले बताए । तत्कालीन जिल्ला कृषि विकास कार्यालयले जिल्लाका धेरै क्षेत्रमा बर्सेनी त्यस्ता मेसिन वितरण ग¥यो । तर, त्यस्ता मिसिन कसरी चलाउने भन्ने विषयमा जानकारी नहुँदा कतिपय स्थानमा मिसिन थन्किएर बसेका छन । कतिपय क्षेत्रमा वितरण भएको एक महिना पनि नहुँदै मिसिन काम गर्न नसक्ने अवस्थामा पुगेको छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालयले गएको ५ वर्षमा करिब ५० वटा मिनिटिलर वितरण गरेको थियो । चालू आर्थिक वर्षमा स्थानीय सरकारले नै कृषकका लागि अनुदानमा यस्ता सामग्री वितरण गरेको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।
मिनिटिलरको प्रयोगले काममा सहजता थपेको छ । मानिसले काम गर्दा घण्टौ समय लाग्ने ठाउँमा मिसिनको प्रयोगले सहज हुने गरेको छ । केही कृषकले भने मिसिन प्रयोग गरेर गरिएको खेतिबाट हुने उत्पादनमा आर्गानिक स्वाद नहुने बताउने गरेका छन । परम्परागत रुपमा हलगोरुको प्रयोगले गरीने खेति र मिसिन प्रयोग भएको खेतिबाट उत्पादन भएको खानेकुरा खाँदै थाहा हुने स्थानीय बताउँछन । आधुनिक जिवनशैलीमा मिसिनको प्रयोगले सहज बनाएको भए पनि त्यसले सिर्जनशिलता हराउने बताइन्छ ।
तर उत्पादनको हिसावले मिसिनको प्रयोगले कृषकलाई फाईदा हुने गरेको छ । उत्पादनमा समेत बृद्धी हुनाले कृषक त्यस तर्फ आकर्षित भएका छन । बजारमा सहज उपलब्ध नहुँदा सरकारी अनुदानमा समेत मिसिनको प्रयोगमा बृद्धी गर्न सकिन्छ ।
मेसिन बाँडेर मात्रै आधुनिकीकरण हुँदैन । जनशक्तिको उचित ब्यवस्थापन पनि मुख्य कुरा हो ।
सतर्कता बढाउँ
पाँचथर जिल्लाका स्थानीय तहले कोरोना भाइरसबाट बच्न सतर्कता थालेका छन । आठ स्थानीय तह रहेको पाँचथरमा सार्वजानीक सूचना सहितका कार्य बढाएका छन
एउटा नयाँ गन्तब्य
पाँचथरको सदरमुकाम फिदिम घुम्नेहरुका लागि नयाँ गन्तब्य तयार भएको छ । सदरमुकाम फिदिम बजारदेखि नौ किलोमिटरको छोटो दुरीमा रहेको मनमोहक ठाउँ । शितल र
सम्पादकीय: ‘पत्रु खाना’ किन ?
दिवा खाजा लागु गरिएका पाँचथरका अधिकांस बिद्यालयमा स्वास्थ्यलाई हानी हुने खाना खुवाइन्छ । पाँचथरको तुम्बेवा गाउँपालिकाले चालु आर्थिक बर्षका लागि





प्रतिकृया दिनुहोस